सीधे मुख्य सामग्री पर जाएं

पोस्ट

प्रदेश नम्बर २ मा आज मात्रै १ सय २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१

प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९६१ पुगेको छ।संक्रमितमध्ये रौतहटका ६५ जना, बाराका १२ जना, सप्तरीका १२ जना, धनुषाका ६ जना महोतरीका ३ जना, सर्लाहीका ३ जना र पर्साका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
हाल की पोस्ट

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए । यो सँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ । बिहीबार नै भेटिएका मुगुका संक्रमित खत्याड गाउँपालिकाका हुन् ।

कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय हुन्छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने बताएका छन् ।शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका हुन् ।उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताए । उनले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए ।

ईङल्यान्ड भ्रमण गर्न वेस्टईन्डिजका तिन खेलाडीहरु द्धारा अस्विकार

वेस्टईन्डिज क्रिकेट टोली तिन टेस्ट सिरिजको लागि ईङल्यान्ड भ्रमण गर्देछ, कोरोनाको माहामारी बिच अन्तराष्ट्रिय भ्रमण गर्ने वेस्टईन्डिज पहिलो टोली हो । यसैबिच वेस्टईन्डिज क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणको लागि खेलाडीहरुको नामाबली घोषणा गरेको छ, तर वेस्टईन्डिजका तिन खेलाडीहरुले उक्त भ्रमणमा जान अस्विकार गरेका छन । रिपोर्टका अनुसार डेरेन ब्राभो, सिमरोन हेटमायर र किमो पोलले ईङल्यान्ड भ्रमणबाट नाम फिर्ता लिएका छन ।यसअघि वेस्टईन्डिज क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणमा जान नचाहने खेलाडीहरुलाई बोर्डले कुनै किसिमको दबाब नदिने बताई सकेको छ । कोरोनाको कारण विश्वभर क्रिकेट गतिबिधिहरु ठप्प भएको बेलामा यो भ्रमणलाई क्रिकेट पुनर्स्थापना को दिशामा एक महत्वपूर्ण कदम मानिने विश्वास गरिएको छ ।खेलको समयमा विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै सुरक्षा मापदण्डहरू पालन गर्दै खेलाडीहरू मैदानमा आउँनेछन । खेलको दौरान खेलाडीहरुले मुखमा मास्क लगाउनुको साथै समय समयमा हाथलाई सेनिटाईग गर्नुपर्नेछ ।यस बाहेक आईसीसीले सुरक्षालाई ध्यानमा राख्दै क्रिकेट खेल बहाल गर्न केही निर्देशनहरू पनि दिएको छ। जस अन्तर्…

बारा जिल्लामा थपिए ७ जना कोरोना संक्रमीत

आदर्श कोतवाल गाउँपालिकाको करेन्टाइनमा रहेको सात जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । वार्ड नम्वर ४ मा १२, २३ बर्ष वार्ड नम्वर ५ को २८, ३० बर्षको वार्ड नम्वर ८ मा १८,२०,३० वर्षको रहेको छ ।वार्ड नम्वर ५ को ३० बर्षको महिला र ६ जना पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।जेष्ठ १४ गते ५४ जनामा पिसिआर चेक गरेकोमा तिनीहरुमा कोरोना पुष्टि भएको हो । भारतको बिभिन्न ठाँउबाट रोजगारीको सिलसिलाबाट नेपाल फर्केका थिए ।तिनीहरुलाई आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ स्थित रहेको श्री रामचरित्र माबिको आईसोलेसनमा राखी उपचार भईरहेको प्रहरी प्रवता गौतम मिश्रले जानकारी दिए । सातै जनाको स्वास्थ्य अवस्था समान्य रहेको उनले भने ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न ७७ जिल्लाका सिडियोलाई गृहको निर्देशन

क्वारेन्टाइनमा बसेकाहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दुव्र्यवहार गर्नेहरुलाई कडा कारवाही गर्न गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।कोरोना भाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमाथि आक्रमण हुन थालेपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार सो निर्देशन दिएको हो। गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले राष्ट्रसेवक कर्मचारीमाथि अभद्र व्यवहार गर्ने, कुटपीट गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए।उनका अनुसार देशभरका क्वारेन्टाइनमा बसेका व्यक्तिबाट स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमणका घटना बढ्न थालेपछि गृहले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयलाई त्यस्तो निर्देशन दिएको हो। उनका अनुसार क्वारेन्टाइन सुरक्षा व्यवस्थापन र त्यहाँ खटिएका कर्मचारीको सुरक्षामा विशेष रणनीत अपनाउन समेत गृहले स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ।स्वाव संकलनमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि हातपात, कुटपिट, गालीगलौज गर्ने, कोठा भाडाबाट निकाल्ने, घरमै आउन नदिने जस्ता गैरकानुनी …

विश्व बैंकले नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने

विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ ।बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत गरेको वासिङ्टनडिसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।
नेपालको अपार जलस्रोतको सर्वाधिक उपयोग गर्दै विद्युत्को क्षेत्रीय बजारमा बृहत् एकीकरण गर्न तथा नेपाल विद्युत् प्राधिकरणको वित्तीय क्षमता सुधार, प्राधिकरणको नियमन दायरा विस्तार, त्यसको स्वायत्तता, पारदर्शिता, जवाफदेहिता एवं पुनःसंरचनामा सघाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।