Page Nav

HIDE

Breaking News:

latest

सि.के.राउतले गृह जिल्लामा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने...

काठमाडौँ । मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा। सिके राउतको नेतृत्वमा शक्ति प्रदर्शनसहित विशाल आमसभाको तयारी गरिएको मंगलबार पार्टी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

डा।राउत सप्तरी जिल्लाकै निवासी हुन् । उनको घर सप्तरीको महदेवा गाउँपालिका–२ मा पर्छ । उनको गृह जिल्लासमेत भएकाले ठूलो संख्यामा जनता आउने दाबी गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनमार्फत् निर्वाचन बहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकारसँग गत २४ फागुनमा ११ बुंदे सहमति गरेपछि पहिलो पटक गृहजिल्लामा आमसभा गर्न लागेका हुन् ।

त्यसकारण पनि ठुलो संख्यामा सहभागी हुने जनमत पार्टीले दावी गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेतृत्व मण्डलका सदस्य एवं पुर्व मन्त्री अनिस अन्सारीले शक्ती प्रर्दशन र आमसभामा ५० हजार भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी हुने दावी गरे ।

उनले आमसभा सफल बनाउन गाउँ–गाउँमा प्रचार प्रसार र जिल्लाका १८ वटै स्थानीय तहमा गठित समितिले काम गरिरहेको बताए ।
जनमत पार्टीका जिल्ला इन्र्चाज सुरेन्द्र मधेशीले डा। राउतको गृहजिल्लामा पहिलो आमसभा हुने भएकोले जनतामा निकै उत्साह छाएको बताए । उनले आससभा सफल बनाउन गाउँ गाउँमा मोटरसाइकल ९यालीमार्फत् समेत प्रचारात्मक अभियान चलाइएको जानकारी दिए ।

पार्टीका जिल्ला संयोजक चन्देश्वर मण्डल ‘किसान’ ले आमसभामा सहभागी हुन हजारौ जनता आउने भएकाले आमसभास्थल राजविराजस्थित राजरंगशालाको खेल मैदानमा तोकिएको जानकारी दिए । आमसभालाई डा।राउतका साथै पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने र अन्य सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आजको राजधानी दैनिकमा खबर रहेको छ । राजधानी दैनिक


कोई टिप्पणी नहीं