$type=one$count=3$meta=hide$title=out-of-thumbnail$show=home$label=hide$h=0

$tbg=rainbow

$show=mobile

https://gallery.kalaiyalive.com.np

बारामा फल्यो सुन्तला

[##user## श्याम गुप्ता] पहाडी क्षेत्रमा सुन्तला फल्नु त स्वाभाविक नैं हो १ तर, पहाडमा फल्ने सुन्तला तराई क्षेत्रमा पनि फल्नु भन्ने कुरो अचम्मको हो ।

हो यस्तै भएको छ मध्य तराईको बारा जिल्लामा पनि । पहाड मैं फल्ने सुन्तला जस्तै राम्रो दाना लागेको अनि त्यस्तै गुलियो र रंङ्ग पनि दुरुस्तै ।

बारामा फल्यो सुन्तलायहाँका एक जना किसानले आफ्नों घरको चार तल्लाको छतमा प्लास्टिकको ड्रममा सुन्तला रोपेर पहाडमा फल्ने जस्तै फलाउन सफल भएका छन् ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नं।१ का प्रदिप कुमार साहले काठमाण्डौं किर्तिपुरको नर्सरीबाट दुई वर्ष अघि ल्याईएको ओहता पोन्कन जातको जापानी सुन्तला प्लास्टिकको ड्रममा राखेर फलाएका हुन ।
बोट कम्तीमा १० फिट लामो छ । बोटमा २ सय ५० ग्राम देखि ३ सय ग्राम सम्मका ३७ वटा सुन्तला फलेका छन् ।

चिसो ठाउँमा फल्ने जातको सुन्तला हो , भर्मिक कम्पोष्ट मलको प्रयोग गरि दाना आएको छ । त्यहि अनुरुप दुई कठ्ठामा विरुवा लगाएर ट्रायल गरि किसानलाई सुन्तला खेति तर्फ प्रोत्साहन गर्न सकिने कृषि ज्ञान केन्द्र कलैया बाराका प्रमुख अधिकृत जितेन्द्र यादव बताउछन् ।
बारामा फल्यो सुन्तला


कलैया उपमहानगरपालिकाबाट कम्पोष्ट विन दिएर घरको सँड्ने गल्ने मल बन्ने गारवेजहरुलाई सडाएर मल बनाई त्यो मल प्रयोग गरेर सुन्तला फलाउँन सफल भएको कलैया उपमहानगरपालिका वातावरण शाखाका रामजि मण्डलले बताएका छन् ।

रसायनिक मल केमिकलको प्रयोग नगरि विशुद्ध आर्गनिक मलको प्रयोग गरेकोले सुन्तलाको बास्तविक स्वाद आएको मण्डलल बताए ।

भारतको नागपुर जस्तो गर्मी ठाउँमा सुन्तला फलेको देखेर प्रयोगको रुपमा जापनिज ओहता पोन्कन जातको बोट ल्याएर रसायनिक मलको प्रयोग नगरि आँफैले बनाएको आर्गेनिक मलको प्रयोग गरि फलाएको किसान प्रदिप कुमार साहले बताए ।

प्रयोयको रुपमा लगाए बजार भन्दा ठुलै साईजामा फलेको छ र स्वाद पनि गुलियो छ । यस अवधिमा कम्तीमा ३ सय जनाले सुन्तला हेरिसकेको उनले बताए  । सांसद, प्रशासक, स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, स्थानीय नेता, कृषि प्राविधिकसम्म उनको घरमा फलेको सुन्तला हेर्न पुगिरहेका उनले बताए ।

पहाडबाट ल्याउन झण्झटिलो हुने, सुन्तलाको साईज पनि एक नासको नहुने र महङ्गो पर्ने मुनाफ पनि नहुँने भएकोले भारतबाट सहज रुपमा सस्तो पनि पर्ने सुन्तला भित्रियाई बिक्री वितरण गर्ने गरेको स्थानीय फलफुल व्यापारी कुन्दन गुप्ताले बताए ।

कलैयाका २० भन्दा बढि व्यापारीबाट मात्र दैनिक २ लाख रुपैयाँ भारत जाने गरेको छ । पहाडको नेपाली स्याउ र सुन्तला तराई मधेसको बजारमा ल्याउन ट्रान्सपोर्टिङ्ग र क्यारिङ्गको राम्रो व्यवस्था गरे नेपालको आम्दानी बढाउँनमा मद्दत पुग्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

नाम

Agriculture,3,Amazing,2,Bara News,39,Dhanusha News,8,Economy,15,Education,3,Entertainment,7,Health,6,Interview,1,Jobs,1,Madhesh,58,News,55,Newspaper,43,Parsa News,4,Photo Feature,1,Politics,25,Prabas,3,Rautahat News,3,Saptari News,4,Sarlahi News,1,Siraha News,1,Sports,11,Tech,5,Top News,131,Video,3,World News,22,
ltr
item
KalaiyaOnline.Com.Np । Latest News from Terai Madhesh: बारामा फल्यो सुन्तला
बारामा फल्यो सुन्तला
Orange is grown in Bara
https://1.bp.blogspot.com/-a9Ilk58h8y4/Xi7Y60HMY0I/AAAAAAAAEms/Ox_MquasyDg-M3mTUblKMUwAieHfsfKjgCLcBGAsYHQ/s320/suntala%2B2.jpg
https://1.bp.blogspot.com/-a9Ilk58h8y4/Xi7Y60HMY0I/AAAAAAAAEms/Ox_MquasyDg-M3mTUblKMUwAieHfsfKjgCLcBGAsYHQ/s72-c/suntala%2B2.jpg
KalaiyaOnline.Com.Np । Latest News from Terai Madhesh
https://www.kalaiyaonline.com.np/2020/01/blog-post_9.html
https://www.kalaiyaonline.com.np/
https://www.kalaiyaonline.com.np/
https://www.kalaiyaonline.com.np/2020/01/blog-post_9.html
true
8218125332637741783
UTF-8
Loaded All Posts Not found any posts सबै बिस्तृतमा Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित समाचार श्रेणीहरु : ARCHIVE सर्च ALL POSTS तपाईले खोज्नु भएको समाग्रि फेला परेन । मुख्य पृष्ठमा जानुहोस । आईतबार Monday Tuesday Wednesday Thursday Friday Saturday आईतबार Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy