सीधे मुख्य सामग्री पर जाएं

ट्रकमा ७ हजार दिएर तेस्रोलिङ्गीसँग यौनसम्पर्क, विवाद भएपछि हत्या

कवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले मँगलबार पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिका–११ की २९ बर्षीया अजिता भुजेलको हत्यामा संलग्न रहेको भन्दै ५ जनालाई सार्वजनिक गरेको हो ।

माघ ४ गते राती करिब १ बजेको समयमा अजिताको घाँटीमा तारले बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा ५ क्याम्पाडाँडामा शव फेला परेको थियो ।c अभियोगमा प्रहरीले पक्राउ गरी हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, २४ वर्षीय आशिष बल र २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरी विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरी उपरिक्षक सुशीलसिँह राठौरले बताए ।

हत्यापछि अजिताको मोबाइल परियारले बुद्ध लामाको साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि मोबाइल लोकेशनको आधारमा प्रहरीले सबैलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

  • [tab]
    • Search Tags
      • #Makwanpur #Police #Hetauda Sub Metropolitan #Murder  
    • Source

टिप्पणियां

इस ब्लॉग से लोकप्रिय पोस्ट

गाउँगाउँमा अख्तियार टोली : घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् ।

सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुई जनालाई ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काममा सहजीकरण गर्ने भन्दै ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, ११ माघमै सिन्धुलीको घ्याङलेख गाउँपालिका कार्यालयका इन्जिनियर दिलिपकुमार साहलाई १ लाख ६० हजार घुस लिएको अभियोगमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो । उनले ट्रान्सफर जडानको विद्युतीकरण कार्य सम्पन्न भएपछि सेवाग्राहीसँग घुस मागेका थिए । उनलाई अख्तियारले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेक…

कलैयामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ लक्ष्मीनियामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  कलैयाबाट बरियारपुर जाँदै गरेको ना २ क ३०८ नम्बरको ट्रकले बरियारपुरबाट कलैया आउँदै गरेको ना ३५ प ५११२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक महागढिमाई नगरपालिका वडा नम्बर ६ को पत्रहटीका २८ बर्षीय सन्तोष यादबको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

सोही दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार मृतकका भान्जा पर्ने १८ वर्षका पवन यादव गम्भिर घाईते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भैरहेको उनले जानकारी दिए । दुर्घटनामा गम्भिर घाईते भएका दुबैलाई उपचारार्थ वीरगञ्ज लगीएकोमा न्युरो अस्पतालमा उपचारकै क्रममा सन्तोषको ज्यान गएको उनले बताए ।

प्रहरी प्रबक्ता मिश्रका अनुसार ठक्कर दिने ट्रक र सो का चलकलाई नियन्त्रणमा राखी प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

[tab]Search Tags#Kalaiya #Road Accident #Motor Cycle Accident #Patrahatti #Santosh Yadav #Birgunj

बारा प्रशासनको छापा : कलैयाका नगर प्रमुख यादवको दाल गोदाममा शिलबन्दी

लैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी ३८० बोरा दाल सिल बन्दी गरेको छ । 
गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी ३८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने उहाँको भनाइ छ । 
कोरोना महामारीका बेला गरिव,असाहाय ,मजदुरकिसानका लागि राहतका रुपमा बाडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए । ५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी कलैया उपमहानगरपालिका वडा नम्बर १,७ र २०का स्थानीय गरिब असाय र मजदुरकालागि राहत वितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रबार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो । 
गुणस्तरहीन चामल र दाल वितरण गरेर नगरप्रमुखले यादवले जनताको भावना सँग खेलवाड गरेको भन्दै आफूहरुले प्रमुख जिल्ला अ…