सीधे मुख्य सामग्री पर जाएं

बारा जिल्लामा निषेधाज्ञा जारी


बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने(अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । 

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

टिप्पणियां

इस ब्लॉग से लोकप्रिय पोस्ट

गाउँगाउँमा अख्तियार टोली : घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् ।

सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुई जनालाई ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरूविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काममा सहजीकरण गर्ने भन्दै ८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, ११ माघमै सिन्धुलीको घ्याङलेख गाउँपालिका कार्यालयका इन्जिनियर दिलिपकुमार साहलाई १ लाख ६० हजार घुस लिएको अभियोगमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो । उनले ट्रान्सफर जडानको विद्युतीकरण कार्य सम्पन्न भएपछि सेवाग्राहीसँग घुस मागेका थिए । उनलाई अख्तियारले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेक…

कलैयामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ लक्ष्मीनियामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  कलैयाबाट बरियारपुर जाँदै गरेको ना २ क ३०८ नम्बरको ट्रकले बरियारपुरबाट कलैया आउँदै गरेको ना ३५ प ५११२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक महागढिमाई नगरपालिका वडा नम्बर ६ को पत्रहटीका २८ बर्षीय सन्तोष यादबको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

सोही दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार मृतकका भान्जा पर्ने १८ वर्षका पवन यादव गम्भिर घाईते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भैरहेको उनले जानकारी दिए । दुर्घटनामा गम्भिर घाईते भएका दुबैलाई उपचारार्थ वीरगञ्ज लगीएकोमा न्युरो अस्पतालमा उपचारकै क्रममा सन्तोषको ज्यान गएको उनले बताए ।

प्रहरी प्रबक्ता मिश्रका अनुसार ठक्कर दिने ट्रक र सो का चलकलाई नियन्त्रणमा राखी प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

[tab]Search Tags#Kalaiya #Road Accident #Motor Cycle Accident #Patrahatti #Santosh Yadav #Birgunj

बारा प्रशासनको छापा : कलैयाका नगर प्रमुख यादवको दाल गोदाममा शिलबन्दी

लैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी ३८० बोरा दाल सिल बन्दी गरेको छ । 
गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी ३८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने उहाँको भनाइ छ । 
कोरोना महामारीका बेला गरिव,असाहाय ,मजदुरकिसानका लागि राहतका रुपमा बाडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए । ५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी कलैया उपमहानगरपालिका वडा नम्बर १,७ र २०का स्थानीय गरिब असाय र मजदुरकालागि राहत वितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रबार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो । 
गुणस्तरहीन चामल र दाल वितरण गरेर नगरप्रमुखले यादवले जनताको भावना सँग खेलवाड गरेको भन्दै आफूहरुले प्रमुख जिल्ला अ…