Page Nav

HIDE

Breaking News:

latest

पर्सामा आज भेटिए ७ नयाँ कोरोना सङ्क्रमित

पर्सा जिल्लामा बुधबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पर्साको कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४, सखुवा प्...

पर्सा जिल्लामा बुधबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पर्साको कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४, सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ र बिन्दबासिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ गरी ७ जनामा सङ्क्रमण भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. मदनकुमार उपाद्यायले जानकारी दिए । ७ तै जना सङ्क्रमितहरु भारतबाट आएका हुन् ।

कालीकामाइ गाउँपालिकाका ५ का १४ वर्षीय बालक, वडा नम्बर १ का ४२ वर्षीय पुरुष, वडा नम्बर २ का ४५ र ३० वर्षीय गरी ४ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु चारैजना भारतबाट ८ दिन पहिले गाउँ फर्किएपछि गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २० जनाको गत आइतबार स्वाब वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो।

ती मध्ये बुधबार ४ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य संख्या प्रमुख यागेन्द्र प्रसाद चौरसीयाले जानकारी दिए। बुधबार नै सखुवा प्रसौनी गाउँपालिकाको देउरवानास्थित क्वारेन्टाइनमा राखिएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । सखुवा प्रसौनी गाउँपालिका २ का २५ र ४९ वर्षा २ पुरुषमा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए ।

भारतको बनारस र लुधियानबाट जेठ १४ गते गाउँ फर्किएका ती दुवैजनालाई त्यहि दिनदेखि देउरवानाको क्वारेन्टाइनमा राखिएको थियो । गा‍उँपालिकाको २ वटा क्वरेन्टाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरी जेठ १९ गते नारायणी अस्पतालको प्रयोगशालमा पठाइएको थियो ।

ती मध्ये बुधबार २ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनीयारले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएका ६ जना संक्रमितलाई वीरगञ्जको गण्डकस्थित विशेष कोरोना अस्थायी अस्पतालमा ल्याइएको छ ।

त्यसैगरी पर्साको बिन्दबासिनी गाउँपालिकामा पनि पहिलो पटक सङ्क्रमित भेटिएका छन् । गाउँपालिकाको वडा नम्बर ३ झौवा गुठी स्थित रामप्रित रामस्वरुप चौरसिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ती व्यक्तिमा संक्रमण भएको गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी)ले जानकारी दिए ।

भेटिएका संक्रमित भारतको हरियाणामा कपडाको सिलाई कटाईको काम गर्दै आएको अध्यक्ष मोदीले बताए । उनी जेठ १४ गते भारतबाट वीरगञ्ज रक्सौल नाका भएर नेपाल भित्रिएका थिए । १६ गते स्वाव सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

नयाँ भेटिएका सबै सङ्क्रमितहरुलाई नारायणी अस्पताल मातहत रहेको कोरोना भाइरस विशेष अस्थायी अस्पताल गण्डकमा भर्ना गरिएको छ । पर्सा जिल्लामा संक्रमितको संख्या १ सय १२ पुगेको छ । ती मध्ये ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् ।

कोई टिप्पणी नहीं