Page Nav

HIDE

Breaking News:

latest

कपिलवस्तुमा थप ७ जनामा कोरोना पुष्टि, जिल्लामा कुल संक्रमित ४०२ पुगे

कपिलवस्तुमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले दिएको पछिल्लो जानकारी अनुसार कपिलवस्तुमा ७ जना पोजे...

कपिलवस्तुमा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले दिएको पछिल्लो जानकारी अनुसार कपिलवस्तुमा ७ जना पोजेटिभ पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का बर्ष १४, १७, २०, ३७, ४०, ४१ र ४३ का ७ पुरुष रहेका छन्। साथै योसँगै कपिलवस्तुमा संक्रमितको कुल संख्या ४०२ पुगेको छ । त्यसैगरी कपिलवस्तुमा कोरोना ठिक हुनेको संख्या ३२ पुगेको छ । पछिल्लो पटक ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा बुद्धभुमी नगरपालिकाका १ जना, यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाका ५ जना रहेका छन् ।

कोई टिप्पणी नहीं