Page Nav

HIDE

Breaking News:

latest

ईङल्यान्ड भ्रमण गर्न वेस्टईन्डिजका तिन खेलाडीहरु द्धारा अस्विकार

वेस्टईन्डिज क्रिकेट टोली तिन टेस्ट सिरिजको लागि ईङल्यान्ड भ्रमण गर्देछ, कोरोनाको माहामारी बिच अन्तराष्ट्रिय भ्रमण गर्ने वेस्टईन्डिज पहिलो ...

वेस्टईन्डिज क्रिकेट टोली तिन टेस्ट सिरिजको लागि ईङल्यान्ड भ्रमण गर्देछ, कोरोनाको माहामारी बिच अन्तराष्ट्रिय भ्रमण गर्ने वेस्टईन्डिज पहिलो टोली हो । यसैबिच वेस्टईन्डिज क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणको लागि खेलाडीहरुको नामाबली घोषणा गरेको छ, तर वेस्टईन्डिजका तिन खेलाडीहरुले उक्त भ्रमणमा जान अस्विकार गरेका छन । रिपोर्टका अनुसार डेरेन ब्राभो, सिमरोन हेटमायर र किमो पोलले ईङल्यान्ड भ्रमणबाट नाम फिर्ता लिएका छन ।

यसअघि वेस्टईन्डिज क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणमा जान नचाहने खेलाडीहरुलाई बोर्डले कुनै किसिमको दबाब नदिने बताई सकेको छ । कोरोनाको कारण विश्वभर क्रिकेट गतिबिधिहरु ठप्प भएको बेलामा यो भ्रमणलाई क्रिकेट पुनर्स्थापना को दिशामा एक महत्वपूर्ण कदम मानिने विश्वास गरिएको छ ।

खेलको समयमा विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै सुरक्षा मापदण्डहरू पालन गर्दै खेलाडीहरू मैदानमा आउँनेछन । खेलको दौरान खेलाडीहरुले मुखमा मास्क लगाउनुको साथै समय समयमा हाथलाई सेनिटाईग गर्नुपर्नेछ ।

यस बाहेक आईसीसीले सुरक्षालाई ध्यानमा राख्दै क्रिकेट खेल बहाल गर्न केही निर्देशनहरू पनि दिएको छ। जस अन्तर्गत खेलहरू मुख्यतया खाली स्टेडियममा खेलिने छ । खेल समयमा दर्शकहरु स्टेडियममा आउँन रोक लगाईएको छ । खेलाडीहरूले बल चम्काउन लार प्रयोग गर्न पाउने छैनन । यससँगै खेलाडीहरूले विकेट लिदा वा अन्य समयहरुमा अंकमाल गरेर खुशियाली मनाउन र हाथ मिलाउन रोक लगाईएको छ ।

कोई टिप्पणी नहीं